उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते
समाज
काठमाडौं। उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित सिद्धिचरण राजमार्गमा ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
प्रदेश ३-०१-०२३ च ६५०६ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये एक जना ७१ वर्षीय वृद्धलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
जिप चालक सामान्य घाइते भएका छन् । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
