प्रहरीको स्विप अपरेसनबाट ९२ जना पक्राउ
समाचार
काठमाडौं । काठमाडौंमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले चलाएको स्विप अपरेसनमा २४ घण्टाभित्र ९२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राजधानीका विभिन्न स्थानमा विशेष निगरानी र कारबाही चलाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ८४ पुरुष र ८ महिला रहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
प्रहरीका अनुसार उच्छृङ्खल गतिविधिमा संलग्न हुने तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिमाथि निगरानी बढाएर अपरेसन सञ्चालन गरिएको हो।
सम्भावित आपराधिक गतिविधि रोक्ने र समाजमा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले यस्तो कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
