अमेरिकाबाट कागजातको आवरणमा गाँजा तस्करी, दुई भारतीय पक्राउ
समाचार
काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार मंगलबार अमेरिकाबाट कुरियरमार्फत आएको पार्सलबाट एक किलो ३३८ ग्राम गाँजा बरामद गरिएको थियो।
लागुऔषध ओसारपसारको सञ्जाल पत्ता लगाउन प्रहरीले ‘कन्ट्रोल डेलिभरी’ विधि अपनाएको जनाएको छ। पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भवरसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ। अमेरिकाबाट कागजातको आवरणमा गाँजा कसरी पठाइयो र यसमा अरू कसैको संलग्नता छ वा छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
