एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।
काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा मोइन अलीले उत्कृष्ट प्रदर्शन गरे । उनले अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग पराजित भएको थियो । साथै, काठमाडौँ गोर्खाजले भने प्रतियोगितामा आफ्नो पहिलो खेलमै हार बेहोरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
