कांग्रेसका चार केन्द्रीय सदस्यले शपथ लिन नपाउने
अर्थ समाचार
काठमाडाैं। नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य विनिता खड्का, सन्तोष चालिसे, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन नपाउने भएका छन्।
उनीहरूविरुद्धका मुद्दा अदालतमा विचाराधीन रहेकाले शपथ नगराउने निर्णय गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। तर, अदालतमा मुद्दा विचाराधीन रहेकाले चार जना भने शपथ ग्रहण कार्यक्रममा सहभागी हुन नपाउने भएका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
