नेप्सेमा ३१ अंकको वृद्धि, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
काठमाडौं । शेयरबजारमा बिहीबार पनि वृद्धि जारी रह्यो। यस दिन नेप्से परिसूचक ३१.५४ अंकले बढेर २ हजार ६९५.६० विन्दुमा पुगेको छ। अघिल्लो दिन बुधबार पनि नेप्से ३३.२९ अंकले बढेको थियो। बिहीबारको वृद्धिसँगै बजार १.१८ प्रतिशतले उकालो लागेको हो।
बिहीबार कारोबार भएका कम्पनीमध्ये अधिकांशको शेयर मूल्य बढेको छ। कुल २७८ कम्पनीमध्ये १८१ वटाको शेयर मूल्य बढ्दा ९१ वटाको घटेको छ भने ६ वटाको मूल्यमा परिवर्तन भएको छैन। कारोबारमा आएका १३ वटै समूहका परिसूचक बढेका छन्।
यस दिन शेयरबजारमा कारोबार रकमसमेत बढेको छ। बिहीबार ६९ हजार ६१९ पटकको कारोबारमा २ करोड ३२ लाख ५८ हजार ९०० कित्ता शेयर किनबेच भए। कुल कारोबार रकम ८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। बुधबार ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। त्यस दिन ६३ हजार ७४४ पटकको कारोबारमा १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर किनबेच भएका थिए।
बिहीबार सबै समूहका परिसूचक बढेका छन्। बैंकिङ समूह २.२८ प्रतिशतले बढ्दा विकास बैंक समूह १.५५ प्रतिशत, फाइनान्स १.६९ प्रतिशत, होटल तथा पर्यटन २.०५ प्रतिशत र जलविद्युत् समूह ०.३६ प्रतिशतले उकालो लागेका छन्।
त्यस्तै, लगानी समूह ०.२४ प्रतिशत, जीवन बीमा ०.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५१ प्रतिशत, लघुवित्त ०.५४ प्रतिशत, निर्जीवन बीमा ०.१३ प्रतिशत, अन्य समूह २.४५ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशतले बढेका छन्।
कम्पनीगत रूपमा बेनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। सोपान फर्मास्युटिकल्सको शेयर मूल्य ८.७२ प्रतिशतले बढ्दा नेपाल पुनर्बीमा कम्पनीको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत, एनआईसी एसिया बैंकको ४.६९ प्रतिशत र कालिञ्चोक हाइड्रोपावरको ४.४१ प्रतिशतले वृद्धि भएको छ।
यता, एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर मूल्य ३.६५ प्रतिशतले घटेको छ। चिरख्वा हाइड्रोपावरको ३.१४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशतले शेयर मूल्य घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ३३५ रुपैयाँका दरले ३५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कम्पनीको शेयर मूल्य २.७६ प्रतिशतले बढेको हो।
त्यस्तै, सिद्धार्थ बैंकको २५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बैंकको शेयर प्रतिकित्ता ४५४ रुपैयाँ ८० पैसाका दरले किनबेच भएको हो। कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर पनि अगाडि रहेका छन्।
