`

प्रधानन्यायाधीश र न्यायाधीशमाथि महाभियाेगबारे छलफल गर्दै कांग्रेस

Nepal One HD १६ कार्तिक २०८३ ९:०३
नेपाली कांग्रेस

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानन्यायाधीश डा. मनाेजकुमार शर्मा र न्यायाधीश हरि फुयालविरुद्ध महाभियाेग लगाउने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसबारे धारणा तय गर्दैछ ।

दिउँसाे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले यसबारे धारणा तय गर्ने पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।

शनिबार बसेकाे रास्वपाकाे सचिवालय बैठकले प्रमुख विपक्षी कांग्रेससँग एकमत बनाएर महाभियोग अघि बढाउने तयारी गर्ने निर्णय गरेकाे थियाे । त्यसाे हुँदा कांग्रेसकाे बस्न लागेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैठकमा बालेन सरकारले पत्रकार धरपकड गरेर शाही शासनको झल्को दिएको अवस्थाबारे पनि छलफल हुने बताइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *