एनपीएलमा सुदूरपश्चिम रोयल्सको दोस्रो जित, चितवन राइनोज ५ विकेटले पराजित
खेलकुद
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो।
जितका लागि पाएकाे १३० रनकाे लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्याे।जसमा ब्रेनडन म्याक्लमले ४३ रन जाेडे।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय यसअघि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा६ विकेटको क्षतिमा १२९ रन बनायाे। जसमा रवी बाेपराले सर्वाधिक ४९ रन जाेडे।सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
