सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
बिशेष
काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।
भेटमा संसद् बैठक आह्वान गर्ने विषयमा छलफल भएको छ । उनीहरूबीच वर्तमान समसामयिक राजनीतिक घटनाक्रम र संसद्लाई आगामी दिनमा कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा पनि कुराकानी भएको हो ।
भेटका क्रममा आङ्देम्बेले पछिल्लो राजनीतिक परिस्थितिप्रति चासो व्यक्त गर्दै संसद्को भूमिका र आगामी कार्यदिशाबारे धारणा राखेका थिए ।
त्यस्तै, संसद्लाई प्रभावकारी बनाउने, बैठक सञ्चालन गर्ने तथा संसदीय गतिविधिलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि विशेष छलफल भएको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
