`

एक घण्टा ओलीसँग गफिए गगन, भेटको भित्री कुरा गोप्य

Nepal One HD १९ कार्तिक २०८३ ७:४१
नेकपा एमाले

काठमाडौं । अडियो प्रकरणलाई लिएर देशको राजनीतिक वृत्तमा बहस चर्किरहेका बेला नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहदेखि नेपाली कांग्रेसका सभापति गगन थापासम्मका उच्च पदस्थ व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गर्न जेनजी अगुवाहरूले माग गरिरहेका बेला दुई प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो।

नेपाली कांग्रेसका सभापति थापा मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष ओलीको निवास पुगेका थिए। त्यहाँ दुई नेताबीच करिब एक घण्टासम्म कुराकानी भएको बताइएको छ। पछिल्लो समय मुलुकको राजनीतिक अवस्था, विभिन्न राजनीतिक घटनाक्रम र सरकारसँग जोडिएका विषयमा बहस भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटका क्रममा समसामयिक राजनीतिक परिस्थिति, पछिल्लो राजनीतिक घटनाक्रम तथा मधेश प्रदेश सरकारको विषयमा छलफल भएको बताइएको छ। यद्यपि, दुई नेताबीच भएको कुराकानीका सबै विषय सार्वजनिक भएका छैनन्। भेटमा उठेका अन्य एजेन्डा र छलफलको विस्तृत विवरणबारे दुवै पक्षबाट औपचारिक जानकारी दिइएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *