`

कर्णालीलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा

Nepal One HD २७ कार्तिक २०८३ २०:४७
खेलकुद

काठमाडौं – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४६ तथा दिलिप नाथले अविजित २८ रन बनाए ।

कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै १२ रन खर्चेर ४ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यस जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा स्थान सुरक्षित गर्न सफल भएको छ । यता ६ खेलमा चौथो हार बेहोरेको कर्णाली ४ अंकसहित सातौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *