अमेरिकाका सबै विमानस्थलमा उडान रोक
प्रमुख खबर
काठमाडौं । दूरसञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण अमेरिकाभरका विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूको सञ्चार प्रणाली अवरुद्ध भएपछि शुक्रबार देशव्यापी उडान रोक्ने आदेश जारी गरेको हो।
उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटअवेयरका अनुसार यस घटनाबाट करिब ७ हजार उडान ढिलाइ वा रद्द भएका छन् भने हजारौँ यात्रु प्रभावित भएका छन्।
अमेरिकी अधिकारीहरूले सबै विमानको अवस्था पहिचान गरिएको र यात्रुहरू सुरक्षित रहेको जनाएका छन्। घटनामा कुनै सुरक्षा खतरा वा नियोजित आक्रमणको संकेत नदेखिएको पनि स्पष्ट पारिएको छ।
एफएका प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ। सञ्चार प्रणालीमा आएको अवरोधको कारणबारे अनुसन्धानसमेत भइरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
