छठ पर्वको दोस्रो दिन आज खरना विधि मनाइँदै
अध्यात्म
सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर श्रद्धा र भक्तिपूर्वक खरना (लोहण्डा) विधि मनाइँदैछ।
यस अवसरमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ नयाँ माटोको चुलोमा सख्खरको खीर र रोटी पकाई छठी मातालाई अर्पण गर्ने गर्छन्। प्रसाद ग्रहण गरेपछि व्रतालुहरूको ३६ घण्टे निर्जला व्रत सुरु हुन्छ।
छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।
छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक परम्परा छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
