प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भाइटीकाको अवसरमा शुभकामना व्यक्त
अध्यात्म
प्रधानमन्त्री बालेन्द्र शाहले यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयता अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले यमराज र यमुनाको पौराणिक प्रसङ्ग स्मरण गर्दै भाइटीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व उल्लेख गरेका छन्। साथै, दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै टीका, माला र पूजा गर्ने परम्पराको चर्चा गरेका छन्।
प्रधानमन्त्री शाहले भाइटीकाले पारिवारिक सम्बन्धमा प्रेम र सद्भाव बढाउन प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
