`

एनपीएलमा आज विश्राम, भोलि दुई खेल हुँदै

Nepal One HD २६ कार्तिक २०८३ ८:०६
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार कुनै खेल नहुने भएको छ। प्रतियोगिताको तालिकाअनुसार आज विश्राम दिन राखिएको छ।

प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२ः३० बजे भिड्नेछन्।

त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *