छठ पर्व मनाउन सभामुख अर्याल आज पर्सा जाने
प्रमुख खबर
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्सा जाने भएका छन्।
वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै उनी छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा सभामुख अर्यालले मकवानपुर, बारा र पर्साका सर्वसाधारणसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्नेछन्।
यसअघि गत वर्ष पनि उनले रुपन्देहीका विभिन्न छठघाटमा पुगेर पूजाआराधना तथा श्रद्धालुहरूसँग पर्वको खुसी साटासाट गरेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
