`

सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा

Nepal One HD ८ मंसिर २०८३ १८:४९
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका सकारात्मक काममा सहयोग गर्ने र कमजोरीमा प्रश्न उठाउने प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी भएको बताएका छन्।कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले सुकुम्बासी समस्या समाधानमा सरकार प्रभावकारी हुन नसकेको आरोप लगाए। स्वास्थ्य बिमा कार्यक्रम अस्तव्यस्त बनेको र हजारौँ नागरिकले बिमा छाडिरहेको भन्दै उनले सरकारलाई जिम्मेवार बन्न आग्रह गरे।

त्यस्तै, प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा अघि सारेका जलवायु तथा हिमालसम्बन्धी प्रस्तावको कार्यान्वयन र उपलब्धिबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।

थापाले अध्यादेशलाई नियमित राजनीतिक अभ्यास बनाउन नहुने भन्दै नागरिकका सरोकारका विषयमा कांग्रेसले निरन्तर खबरदारी गर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *