उखुको मूल्य तत्काल निर्धारण गर्न कांग्रेसको सरकारसँग माग
नेपाली कांग्रेस
ललितपुर । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी बक्यौता रकम अविलम्ब भुक्तानी गर्न सरकारसँग माग गरेको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा मङ्सिर ९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले किसानको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
कांग्रेसले उखुको उत्पादन लागत र चिनीको बजार मूल्यका आधारमा उचित मूल्य निर्धारण गर्न माग गरेको छ। साथै, लामो समयदेखि रोकिएको उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न आग्रह गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
