अमेरिकामा हिमआँधीः मृत्यु हुने ५० पुगे

विश्व

न्युयोर्क–अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको छ । हिमआँधीका कारण टेनेसी ओक्लाहोमा, केन्टकी, कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, मिजौरीलगायतका राज्यमा ५० जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ ।
हिउँको प्रभावक अझै केही दिन रहने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरूले सुझाव दिएका छन् । बिजुली नभएपछि कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट