`

निर्वाचनपछि गठन भएको राष्ट्रियसभाको बैठक सुरु

Nepal One HD २५ पुष २०७९ १३:४३
राजनीति

काठमाडौं । राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधिसभासँगै राष्ट्रियसभाकोसमेत पहिलो बैठक दिउँसो १ बजे सुरु भएको हो ।

पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठक आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

 


प्रतिक्रिया