पाकिस्तानको दक्षिण पश्चिममा सडक दुर्घटना, ७ जनाको मृत्यु र २० घाइते

विश्व
काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा दुर्घटना भएको छ । आइतबार राति राजमार्गमा मध्यरातमा बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि सात जनाको मृत्यु र २० जना घाइते भएका छन् । मृतक र घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका कर्मचारीले सञ्चारमाध्यमलाई जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट