`

नबिल बैंकको ३० प्रतिशत लाभांस पारित, सञ्चालक समितिमा तीन चयन

Nepal One HD २९ पुष २०७९ १६:५३
अर्थ समाचार

काठमाडौं । बैंक नबिल बैंकको साधारण सभा बैठकवाट ३० प्रतिशत लाभांश पारित भएको छ ।  शुक्रबार बसेको बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको बैठकले ३० प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत गरेको थियो । यसैगरी, साधरण सभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक समितिमा निर्वाचितसमेत गरेको छ।

नबिल बैंक आ.व. २०७८-०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो ।


प्रतिक्रिया