`

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका प्रयास भइरहेको छ : अर्थमन्त्री पौडेल

Nepal One HD ४ माघ २०७९ १७:३१
राजनीति

काठमाडौँ / उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका प्रयास भइरहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले निजी क्षेत्र लगायत सरोकारवालासँगको समन्वयमा अर्थतन्त्रमा देखिएका समस्या समाधानको प्रयास भइरहेको बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले आर्थिक रूपमा चिन्ताजनक अवस्थामा रहेको र सक्षम पाइलट खोज्ने अवस्थामा रहेको बताउनुभयो । भूकम्प र कोरोनाले झुकाउन नसकेको अर्थतन्त्र समस्यामा फस्नु गम्भीर विषय भएको उहाँको भनाइ छ ।

पुष ११ गते अर्थ मन्त्रालयमा प्रवेश गरेपछि आफूले सूक्ष्म ढङ्गले अध्ययन गरिरहेको उहाँले बताउनुभयो । उहाँले अर्थतन्त्र सुधारका नीतिगत योजना बनाएर केही समयमै आक्रामक रूपमा प्रस्तुत हुने दाबी गर्नुभयो ।

अर्थमन्त्री पौडेलले उत्पादन क्षेत्रमा खर्च बढाउने र अनुत्पादक क्षेत्रको खर्च कटौती गरेर आर्थिक अनुशासन कायम गर्ने कुरामा वर्तमान सरकार नचुक्ने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया