`

अखिल क्रान्तिकारीको समानान्तर कमिटी विस्तार

Nepal One HD ६ माघ २०७९ १५:०८
राजनीति

काठमाडौं / नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले देशभर समानान्तर कमिटी विस्तार गरेको छ।

पवन कार्कीको नेतृत्वमा देशव्यापी अखिल (क्रान्तिकारी)को समानान्तर कमिटी विस्तार गरेको हो। यसअघि केन्द्रमा मात्रै समानान्तर समिति थियो भने पञ्जा सिंह नेतृत्वको संगठनलाई अस्वीकार गर्दै कार्कीले देशव्यापी समानान्तर कमिटी विस्तार गरेका हुन् ।

कार्कीको अध्यक्षतमा बसेको केन्द्रीय आयोग प्रमुखहरू, प्रवक्ता÷ विभागीय प्रमुखहरू, प्रदेश समिति र विश्वविद्यालय राष्ट्रिय समितिका इन्चार्ज रसंयोजकसहितको कार्यालय टिम र विभागीय सचिवहरूको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ ।

बैठकले सातै प्रदेश समितिका इन्चार्ज, जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजक, महानगरपालिका समितिका संयोजक र सह संयोजक, जिल्ला समन्वय समितिका इन्चार्ज र सहइन्चार्ज तोकेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ।


प्रतिक्रिया