`

थाहा पाउनुहोस विश्व इतिहासमा आज भएका घटनाक्रम

Nepal One HD ८ माघ २०७९ ७:०९
विश्व

आज जनवरी २२ सन् २०२३ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रम

आजकै दिन अर्थात सन् १७८८ मा बेलायतका प्रसिद्ध कवि लर्ड बाइरनको जन्म भएको थियो । उनको मृत्यु १८२४ को अप्रिलमा भएको थियो ।सन् २००६मा ायमारा आदिवासी समूहका सदस्य इभो मोरालेस बोलिभियाको राष्ट्रपति भएका थिए ।

सन् १९३२ मा सरकारी सेनाले उत्तरी स्पेनमा कम्युनिस्ट विद्रोहविरुद्ध चरम दमन गरेको थियो । सन् १९७० मा बोइङ ७४७ को  पहिलो निर्धारित उडान सुरु भएको थियो ।  प्यान एम जम्बो जेटले न्यूयोर्कबाट लन्डनका लागि उडेको थियो ।सन् १९७३ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई मान्यता दिएको थियो ।


प्रतिक्रिया