इराकमा नागरिकको आमहत्यामा संलग्न १४ आतंकारीलाई मृत्युदण्डको सजाय

काठमाडौं । इराकी अदालतले १४ जना भन्दा बढि आतंकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । नागरिकको आमहत्यामा संलग्न रहेका आतंकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजायँ बिहीबार सुनाएको हो । सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतंकारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए । यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजायँ सुनाइएको हो ।

उनीहरुले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरु सो समयमा पनि सार्वजनिक भएका थिए । ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो ।

Reporter