`

अफगानिस्तानमा चिसोको कारणले १६८ जनाको मृत्यु

Nepal One HD १६ माघ २०७९ १७:२१
विश्व

काठमाडौं । अफगानिस्तानमा चिसोको कारणले कठ्याङ्ग्रिएर एक महिनामा १६८ जनाको मृत्यु भएको छ । देशका विभिन्न २४ प्रान्तमा अत्यधिक चिसाका कारण १६८ जनाको मृत्यु भएको हो ।

यसैबीच विपन्न परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक सकंट उत्पन्न भएको छ । अफगानिस्तानको मौसम पूर्वानुमान अधिकारीहरूले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन् । साथै मानवीय सहयोगको चरम आवश्यकतामा रहेका मानिसहरूको जीवनयापनलाई यो चिसोले थप जटिल बनाएको छ ।

यसैगरी मुलुकमा झण्डै ४० लाख बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको पनि बताइएको छ ।


प्रतिक्रिया