पाकिस्तानमा बम विस्फोट हुँदा २८ जनाको मृत्यु, १५० जना भन्दाबढि घाइते

विश्व
काठमाडौं । पाकिस्तानको पेशावरमा एउटा मस्जिद भित्र भएको बम विस्फोटमा २८ जनाको मृत्यु र १५० जना भन्दाबढि घाइते भएका छन् । मानिसहरु नमाज पढ्नका लागि भेला भएको बेला मस्जिद भित्र बम विस्फोट भएको हो ।
पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए । उनले भने, ‘छत खस्दा केही मानिस पुरिएको आशंका छ, उद्धारकर्ताहरुले खोजी गरिरहेका छन् ।’ उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने अनमान गरिएको छ ।
पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट