`

रविलाई अर्को संकट : चितवन जिल्ला सभापति सापकाेटाले गरे पार्टी परित्याग

Nepal One HD १८ माघ २०७९ १६:१०
राजनीति

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटा पार्टी परित्याग गर्नुभएकाे छ ।

पार्टी सभापति रवि लामिछानेका विश्वास पात्रका रुपमा रहेका सापकोटाले पार्टी परित्याग गर्नुभएकाे हाे ।

पार्टीमा एकतन्त्रिय शासन चलेको भन्दै सापकोटाले पार्टी परित्याग गर्नुभएकाे हाे । लामिछानेलाई चितवन २ बाट जिताउन सापकोटाले मुख्य भूमिका खेल्नुभएकाे थियाे ।


प्रतिक्रिया