`

रुसले गर्‍यो युक्रेनको आवासीय भवनमा हमला , तीनको मृत्यु र २० जना घाइते

Nepal One HD १९ माघ २०७९ १४:४३
विश्व

युक्रेन । पूर्वी युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा रुसी रकेट प्रहार भएकौ छ । उक्त रकेट प्रहार हुँदा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन् ।

बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका हुन् । किभले मस्कोको आक्रमणको पहिलो वर्षगाँठमा ठूलो आक्रमण हुने अपेक्षा गरेको छ ।टाउकोमा टर्च लगाएका उद्धारकर्ताहरूले भग्नावशेषबाट बाँचेकाहरूलाई निकाल्ने काम शुरु गरेका छन् ।

 

 


प्रतिक्रिया