समाजवादीद्दारा देशको समसामयिक स्थिति र सरकारको विषयमा धारणा बनाउने

राजनीति

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक मार्फत देशको समसामयिक स्थिति, सरकार लगायतका विषयमा धारणा बनाउने तयारी गरेको छ । पार्टी कार्यालयमा बिहीबार बसेको समाजवादीको सचिवालय बैठकमा माघ २१ र २२ गते केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा छलफल भएको र सोही बैठकले मुलुकको पछिल्लो राजनीतिक तथा समसामयिक स्थिति र सरकारका बारेमा निर्णय लिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल भएको र परिमार्जन गरी प्रस्तुत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
प्रवक्ता खतिवडाले सङ्गठन निर्माण , व्यवस्थित तथा पुनर्गठन, पार्टीका सबै तहका कमिटीहरूलाई अधिवेशन गर्ने दिशातर्फ लाने लगायतका विषयका कार्ययोजना बनाइएको र अन्तिम रूप दिन बाँकी रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट