टर्कीमा ७.८ म्याग्निच्यूडको भूकम्प, २३० भन्दा बढीको मृत्यु


काठमाडौं । टर्कीमा सोमबार बिहान ७.८ म्याग्निच्यूडको भूकम्प गएको छ । उक्त भूकम्पमा २३० जनाभन्दा बढीको मृत्यु भएको छ । परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भूकम्पपछि टर्कीको सरकारले आपतकाल घोषणा गरेको छ । भूकम्प केन्द्रविन्दु भएको क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताइएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी सिरियाको अलेप्पो,लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भूकम्पको धक्का लेबनान,सिरिया र साइप्रसमा महशुस गरिएको थियो ।