`

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

Nepal One HD २० माघ २०७९ ११:५७
राजनीति

काठमाडौँ – राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले आज राष्ट्रपति विद्यादेबी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।


राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले उपाध्यक्ष अर्याललाई शपथ गराउनुभएको हो ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *