टर्की भूकम्प : ७ हजार भन्दाबढिको मृत्यु, २० हजारभन्दा धेरै घाइते

विश्व

काठमाडौं । सोमबार टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउने र घाइतेको संख्या तीव्र गतिमा बढिरहेको छ । बीबीसीका अनुसार अहिलेसम्म ७ हजार जनाको मृत्यु र २० हजारभन्दा धेरै घाइते भएको पुष्टि भइसकेको छ ।
यस्तै, तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ । भूकम्पका कारण ७ हजार ठूला भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या २० हजार नाघ्न सक्ने र दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।
भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट