`

टर्की र सिरियामा महाभूकम्पको कारण १५ हजार भन्दा बढीको मृत्यु, ४४ हजारभन्दा बढी घाइते हुदाँ सयौँ बेपत्ता

Nepal One HD २६ माघ २०७९ ११:४२
विश्व

टर्कीए र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी १५ हजार भन्दा बढिको मृत्यु भएका छ । बिहीबार बिहानसम्मको प्राप्त तथ्याकं अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको हो ।

बिहीबार बिहानसम्म टर्कीएमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीएको बिपत व्यवस्थापन विभागलाई उद्धृत गर्दै सो समाचार दिइएको छ । भूकम्पबाट टर्कीका धेरैको मृत्यु भएको बताइएको छ । टर्कीएका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीएमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ ।

यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । घाइते भएकाहरु अस्पताल पुर्याइएको छ र अस्पतालमा नै मानिसहरुको निधन भएका समाचारहरु आइरहेका छन् । उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।


प्रतिक्रिया