`

लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने उन्मुक्ति पार्टीको चेतावनी

Nepal One HD ३ फागुन २०७९ १३:५०
प्रमुख खबर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लाल अयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न माग गरेको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी समेत दिएका छन् ।

उनले भने ‘लाल अयोग जबसम्म सार्वजनिक हुँदैन । तबसम्म सदन चल्न सक्दैन ।’

त्यस्तै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायालयलाई पूर्णता दिन सरकारसँग माग गरेका छन् । उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाएर न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् । सर्वोच्च अदालत कामुको नेतृत्व रहेको वर्ष दिन भइसकेको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएपछि सर्वोच्च अदालत कामुको नेतृत्वमा चलिरहेको छ ।


प्रतिक्रिया