`

अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, बन्ला त राष्ट्रपतिमा सहमति ?

Nepal One HD ५ फागुन २०७९ १५:४६
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा पुगेको छन् । राष्ट्रपतिको निर्वाचनमा विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।

सत्तारुढ दलभित्र राष्ट्रपतिको विषय पेचिलो बन्दै गएको छ । जसकारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटलाई बाक्लो बनाइरहेको छ । 

सरकार गठनताका भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने एमालेको अडान छ भने प्रधानमन्त्री राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् । साथै प्रधानमन्त्री प्रचण्डकै सहमतिमा कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चाले सत्तारुढ घटक माओवादी केन्द्र र एमालेबीच चिसोपना बढाइरहेको छ । 


प्रतिक्रिया