`

पाँच बजे बस्ने बालुवाटार बैठकमा सीके राउत र महन्थ ठाकुरलाई मिसाउने तयारी

Nepal One HD १२ फागुन २०७९ १३:३६
प्रमुख खबर

काठमाडौं / चार दलको बसेको वालुवाटारम बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए । राष्ट्रपतिबारे छलफल गर्न बसेको ४ दलको बैठक सकारात्मकरूपमा अगाडि बढेको छ । साँझ पाँच बजे बस्ने बालुवाटार बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाइने भएको छ ।

अहिले बसेको बैठकमा राष्ट्रपतिमा एमालेबाहेकको सहमति जुटाउने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले दाबी गरेका छन् । हिजो साँझ माओवादी, नेकपा एस र जसपाबीच सहमति बनेपछि आज कांग्रेससँग बसेको थियो ।

त्यसो त बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चुनावअघिको सत्तागठबन्धन ब्यूँताउने अनौपचारिक सहमति बनेको थियो ।आजको बैठक त्यसैको निरन्तता भएको नेताहरूले बताएका छन् ।


प्रतिक्रिया