गठबन्धन टुटेकाे छैन, हामी सबैसँग सम्पर्कमै छौँ : अध्यक्ष ओली


काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन नटुटेकाे दाबी गर्नुभएकाे छ । राष्ट्रपतिमा पार्टीको तर्फबाट सुवास नेम्वाङको उम्मेदवारी दर्तापछि पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिनुहँदै उहाँले आठ दलीय गठबन्धन नबनेको दाबी गर्नुभयाे ।
‘आठ दलीय गठबन्धन छैन। हिजो प्रधानमन्त्रीले केही दललाई बोलाउनुभएको थियो। हामी सम्पर्कमै छौँ। कांग्रेसलाई समर्थन गर्ने कुरा प्रचण्डजीले कसरी भन्नुभयो उहाँको कुरा। हामीले जानकारी पाएअनुसार त्यस्तो हुँदैन’,उहाँले भन्नुभयाे ।
उहाँले राष्ट्रपतिमा आफूहरूले अनुभवी व्यक्तिलाई अगाडि सारेको बताउनुभयाे।
उहाँले भन्नुभयाे, ‘दलीय स्वार्थका लागि नभएर राष्ट्रिय हितको लागि संविधानको रक्षा र कार्यान्वयनका लागि यो उम्मेदवारी उठाएको हौँ। हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य हुन्छ। हामी अत्यधिक मतका साथ विजयी हुन्छाैँ। हाम्रो उम्मेदवार कुनै दाउपेचको उम्मेदवार होइन।’