`

पर्यटन मन्त्री किरातीले सार्वजनिक गरे आफ्ना १० कामको सूची

Nepal One HD १५ फागुन २०७९ २०:५५
राजनीति

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना १० कामको सूची सार्वजनिक गरेका छन् । सोमबार पत्रकारसँगको भेटघाटमा मन्त्री किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गरेका हुन् ।

उनले पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत गर्दै पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीन महिने अभियान, नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुव्र्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको बताए । अब उनले सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गर्ने र सम्पदा क्षेत्रमा यातायत सञ्चालन गर्ने, ग्राउण्डेड जहाज छानबिन समिति गठन गर्ने तयारी गरेका छन् ।

यस्तै हवाई नागरिक उड्डयन विधेक प्रक्रिया अघि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने मन्त्री किरातीका योजना छन् ।


प्रतिक्रिया