`

दुर्गा प्रसाईंको महाअभियानमा समर्थन गर्ने कमल थापाले ऐक्यवद्धता

Nepal One HD १९ फागुन २०७९ १२:३८
प्रमुख खबर

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा ऐक्यवद्धता जनाएका छन् ।


आज आफ्नो सामाजिक सञ्जाल मार्फत थापाले व्यवसायी प्रसाईंको महाअभियानमा आफ्नो पार्टीका नेता–कार्यकर्तालाई सहयोग गर्न निर्देशनसमेत दिएका छन् ।

पूर्वराजपरिवारका सदस्यहरुलाई उतारेर व्यवसायी प्रसाईंले गत फागुन १ गते मेचीपुलबाट महाअभियानको उद्घाटन गरेका थिए । यसैगरी उनले हालै पत्रकार सम्मेलन गरी २०४७ सालको संविधान ब्यूँताउनुपर्ने लगायतका माग राखेर आन्दोलन नै गर्ने घोषणा गरेका छन् । नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेकै स्थानबाट फागुन २० गते आन्दोलन सुरू गर्ने प्रसाईंको भनाइ छ ।
राप्रपा अध्यक्ष थापाले सनातन धर्म संस्कृतिको रक्षाका निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र ऐक्यवद्धता रहने उल्लेख गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ। फागुन २० गते काठमाडौंको वानेश्वरमा ‘राष्ट्रियता,धर्म र संस्कृति बचाउने महाअभियान’द्वारा आयोजित सभा सफलपार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु ।’


प्रतिक्रिया