विश्वकप लिग-२ः पीएनजीविरुद्ध नेपालको कमब्याक, कुशल मल्लले दिलाए चौथो सफलता

NepalOne १९ फागुन २०७९ १३:५०
खेलकुद

काठमाडौं / आईसीसी विश्वकप लिग–२ अन्तर्गत कुशल मल्लले पपुवा न्युगिनीविरुद्ध चौथो विकेट निकालेका छन् ।
पपुवा न्युगिनीले नेपालईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

२३ औं ओभरको अन्तिम बलमा कुशलले असाड भालालाई ११ रनमा एलबीडब्लू आउट गराए । यसअघि सोमपालले २२ औं ओभरको पाँचौं बलमा टोनी उरालाई ३९ रनमा कट एण्ड बोल्ड आउट गराएका थिए ।

त्यस्तै सन्दीपले ११ औं ओभरको तेस्रो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका हुन्।


प्रतिक्रिया