ए डिभिजन लिगमा तीन खेल हुदैँ

NepalOne २१ फागुन २०७९ ९:२५
खेलकुद

काठमाडौं, २० फागुन । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। 

अखिल नेपाल फुटबल महासंघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ । 

जसअनुसार दिउँसो साढे २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मन्च्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग भिडने छ । यो खेल भने ५ः ३० मा सुरु हुनेछ । 

उता, अपरान्ह साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन ।
 


प्रतिक्रिया