`

पीएनजीद्धारा नेपाललाई ९६ रनको चुनौती, सन्दीपले लिए ५ विकेट

Nepal One HD २९ फागुन २०७९ ११:४८
खेलकुद

काठमाडौं / आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा सोमबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई ९६ रनको  लक्ष्य दिएको छ । 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भयो । 

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुई दुई र सोमपाल कामीले एक विकेट लिएका थिए । 

अब नेपालले केहीबेरपछि जवाफी ब्याटिङ गर्नेछ । 
 


प्रतिक्रिया