सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाउन ३ खेलभित्र २ विकेट ल्याउन जरुरी

NepalOne २९ फागुन २०७९ १२:५७
खेलकुद

काठमाडौं / जारी आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत  एकदिवसीय शृङ्खलामा पीएनजीसँगको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले सोमबार ५ विकेट लिएका छन् ।

सन्दीपलाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा छिटो १ सय विकेट पुरा गर्ने विश्व कीर्तिमान बनाउनका लागी अब ३ खेलभित्र २ विकेट ल्याउन बाकी छ । 

सबै भन्दा सर्वाधिक  छिटो १ सय विकेट पुरा गर्नुमा अहिलेसम्म अफगानिस्तानका स्पिनर रासिद खानको नाममा  कीर्तिमान रहेको छ । सो कीर्तिमान रासिदले ४४ खेलमा पुरा गरेका थिए ।

४० खेल खेल्दा सन्दीपले  ९८ विकेट लिएका छन्। रासिदको ४४ खेलमा १ सय विकेटको  कीर्तिमान तोढ्नका लागी सन्दीपले अब ३ खेलभित्र २ विकेट निकाल्न जरुरी छ ।


प्रतिक्रिया