घरेलु मैदानमै सालेरनिटानासँग बराबरीमा रोकियो मिलान

NepalOne ३० फागुन २०७९ ८:४८
खेलकुद

काठमाडौ, ३० चैत । एसी मिलान इटालियन सिरी ‘ए’ मा मिलान सालेरनिटानासँग बराबरीमा रोकिन पुगेको छ ।

घरेलु मैदानमा मिलान सालेरनिटानासँग १–१ गोलको बराबरी रोकिन पुगेको हो ।

सोमबार राति भएको खेलमा मिलानले पहिलो हाफको पहिलो मिनेटमा स्माइल बेनाकरको पासमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको थियो तर त्यो अग्रतालाई मिलानले दोस्रो हाफमा बचाउन सकेन । 

६१औं मिनेटमा सालेरनिटानाका बोउला डियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

यस बराबरीसँगै मिलानले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४८ अंक जोडेर चौथो स्थानमा छ । सालेरनिटाना २६अंक जोडेर १६औं स्थानमा छ ।


प्रतिक्रिया