युएईविरुद्ध भीम सार्कीको सानदार अर्धशतक

NepalOne २ चैत २०७९ १६:०८
खेलकुद

काठमाडौं  / नेपालका मध्यक्रमका ब्याटर भीम सार्कीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा अर्धशतक प्रहार गरेका छन् ।

भीमले ६० बलमा ६ चौकासहित ५० रन बनाएका छन् । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए । आरिफ शेख ३१ बलमा २२ रनमा क्रिजमा छन् ।


प्रतिक्रिया