`

पूर्व राष्ट्रपति भण्डारीद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

Nepal One HD ३ चैत २०७९ १४:०७
समाचार

काठमाडौं / पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपाली क्रिकेट टीमलाई विश्वकप छनौटमा पुग्न सफल भएकोमा बधाई दिनुएको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा उहाँले बिहिबार सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको गौरव बढाउन सफल नेपाली क्रिकेट खेलाडी, प्रशिक्षक तथा समर्थकलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।


प्रतिक्रिया