`

सरकार मुलुकको शान्ति सुव्यवस्था कायम गर्न असफल भयो : केपी ओली

Nepal One HD ३ चैत २०७९ १७:४०
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा नेपाल विधुत प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले खुलेआम राष्ट्रबिरोधी, देशद्रोही कुरा गरेर हिँडीरहँदा पनि सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताउनुभएको हो ।

उहाँले देशलाई नै विदेशीसामु बुझाउनुपर्ने अभिव्यक्ति दिएर एक हुल मान्छे हिँड्दा सरकारले नसुनेको उल्लेख गर्नुभयो । देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिँड्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने भन्दै ओलीले मुलुक विरोधी अभियान जारी रहे जनताले प्रतिवाद गर्नुपर्ने अवस्था आउने धारणा राख्नुभयो । उहाँले एमाले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको बताउनुभयो ।

ओलीले अहिले ऊर्जा व्यापार भन्दा पनि स्वदेशमा नै अत्यधिक खपतमा ध्यान दिनुपर्ने बताउनुभयो ।


प्रतिक्रिया