`

परम्परागत शैलीमा काम गरेका कारण निर्माण उद्योगमा चुनौती थपियो – उपप्रधानमन्त्री श्रेष्ठ

Nepal One HD ९ चैत २०७९ २०:०८
राजनीति

काठमाडौं – उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न विभिन्न कार्यदल गठन गरी काम थालिसकेको बताएका छन् । बिहिबार
एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय सङ्गठन र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताका हुन् ।

उनले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताए । पर्याप्त लगानीबाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उनले बताउ ।

परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएको भन्दै उनले अब नयाँ शैलीमा काम गर्नुपर्ने बताए। उनले समयसापेक्ष ऐन, कानुन बनाउन नेपाल निर्माण व्यवसायी महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।


प्रतिक्रिया